
काठमाडौं, साउन ७ । पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाहले सोमबार काठमाडौंकी जीवित देवी कुमारीको दर्शन गरेका छन् ।
वसन्तपुरस्थित कुमारीघरमा पुगेर उनीहरुले कुमारीको पूजाआजा गरेका हुन् ।
त्यसक्रममा कुमारीको हातबाट उनीहरुले प्रसाद र आर्शिवाद ग्रहण गरेका थिए ।
सोक्रममा कुमारी घरअगाडि राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरेका थिए ।
यसअघि, सोमबारै बिहान पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसरमा पशुपतिनाथ र गुह्वेश्वरी मन्दिरमा पूजा गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्