७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पृथ्वीबाट टाढा रहेको ग्रह ‘के २–१८ बी’ मा पानी भेटियो


0
Shares

काठमाडौं । खगोलविदहरु पृथ्बीबाट निकै टाढा रहेको ग्रहमा पहिलो पटक पानी फेला परेको दाबी गरेका छन् ।

‘के २–१८बी’ नाम गरेको सो ग्रहमा पानी भेटिएको दावी गरिएसँगै खगोलशास्त्रको अध्ययनले नयाँ मोड लिएको छ ।

बैज्ञानिकहरु उक्त ग्रहमा एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरेका छन् ।

तर यो प्रमाणित गर्न भने कम्तिमा अर्को १० वर्ष लाग्नेछ ।

अबको १० वर्षभित्र नयाँ टेलिस्कोपले यो ग्रह ‘के २–१८ बी’ को पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने खगोलविदले बताएका छन् ।

नयाँ ग्रहमा पानी भेटिएको सम्बन्धी अनुसन्धानको विस्तृत विवरण वैज्ञानिक जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ ।

युनिभर्सिटी कलेज लण्डनमा अध्यापन गर्ने प्रमुख अनुसन्धानकर्ता प्रा जिओभाना टिनेट्टीले यो उपलब्धी उत्साहप्रद रहेको बताएका छन् ।

ताराको ह्याबिटिएबल जोनमा परिक्रमा गरिररहेको ग्रहमा पानी फेला परेको यो पहिलो पटक हो ।

कुनै पनि तारा वा ग्रहको ह्याबिटिएबल जोन भन्नाले त्यस्तो अवस्था बुझिन्छ जहाँको तापक्रम पानी तरल अवस्थामा रहन सक्ने हुन्छ र ग्रहको सतहमा पानी पाइन्छ ।

यो ग्रह १ सय ११ प्रकाश वर्ष अर्थात ६ सय ५० मिलियन माइल पर रहेको छ । (एजेन्सी)