
काठमाडौ । बारा–पर्सा औद्योगिक कोरिडोरमा निर्माण सामग्रीका उद्योगमा लगानी बढेको छ ।
मुख्य नाका र भौगोलिक रूपमा उपयुक्त भएकाले सामग्री उत्पादनमा यस क्षेत्रमा उद्योगीहरु आर्कर्षित भएका हुन् ।
लगानी परिमाण र सम्भावनाका आधारमा कोरिडोरलाई निर्माण सामग्री उत्पादनको केन्द्र बनाएको उद्योगीहरुले बताएका छन् ।
मुख्य नाका वीरगञ्जसँगै जोडिएर रहेकाले कच्चा पदार्थको आयात सहज छ भएकोले पनि यस क्षेत्रमा निर्माण सामग्री उद्योगमा लगानी बढेको हो ।
मुलुकको मध्यभागमा भएकाले उत्पादनको ढुवानी र बजारीकरण पनि सहज हुने गरेको छ ।
बारा–पर्सा कोरिडोरको सम्भाव्यता दोहनका लागि लगानीको सुरक्षित वातावरण र पूर्वाधारको व्यवस्थित प्रबन्धको पूर्तिलाई सरकारले ध्यान दिइनुपर्ने उद्यमीको भनाइ छ ।
बारा र पर्सा जिल्लालाई समेटिएको कोरिडोरमा साना ठूला एक दर्जन डण्डी र त्यति नै संख्यामा सिमेन्ट उद्योग र निर्माणसम्बन्धी अन्य उद्योग छन् ।
कोरिडोरका यस्ता उद्योगमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको अनुमान उद्यमीहरूको छ ।
निर्माण सामग्रीका उद्योगमा लगानी बढाइरहेको क्याल समूहले पछिल्लो केही वर्षयता कोरिडोरमा डन्डी, जस्ता, ब्लक, जालीलगायत उद्योगमा लगानी थपेको छ ।
प्रतिक्रिया दिनुहोस्