
काठमाडौं । डडेल्धुरामा विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ परेका छन् । १० वर्षीय बालिकालाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् ।
गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल जानकारी दिनुभयो ।
विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएको थियो।
बालिका सोही विद्यालयमा अध्ययनरत छिन् । बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ ।
मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले बतायो ।
प्रतिक्रिया दिनुहोस्