
काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उहाँकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।
घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बारपाकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्