१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बर्दियामा रातको समयमा दुईपांग्रे र पैदल यात्रु हिड्न रोक


0
Shares

बर्दिया । बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबारबाट गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ ।

अनिश्चितकालका लागि राति १० देखि बिहान ६ बजेसम्म दुईपांग्रे सवारी र पैदल यात्रुलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । शनिबार दिउँसो बाइकमा राजापुरतर्फ गइरहेका व्यक्तिमाथि बाघले आक्रमणको प्रयास गरेसँगै प्रशासनले रोक लगाएको हो ।

खाता जैविक मार्ग र आसपासका जंगलमा आठ महिनायता बाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ । दिउँसो पाँचवटा मोटरसाइकल समूहमा आउजाउ गर्नुपर्ने नियम बनाइएको छ । एक्लै आउजाउ गर्दा बाघको जोखिम भएकाले यो नियम बनाइएको हो ।

करिब २ किमि सडक खण्डमा घना जंगल भएका कारण सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वनरक्षक परिचालन गरिएको अधिकारीले जानकारी दिनुभयो ।