
विराज रास्यारा
कैलाली । धनगढी उपमहानगरपालिका– ७ को ग्रामीण क्षेत्र तथा विकासमा पछाडि परेको टोल हो पटेला । धनगढी उपमहानगरपालिकाको पटेला शहरसँगै जोडिएको देखिए पनि शहरभन्दा टाढा र विकासमा पनि पछाडी छ । यहाँका नागरिक विकासका साथै शैक्षिक रूपले पनि पछाडि परेका छन् ।
पटेला गाउँका स्थानीयको जीवनस्तर उकास्न लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले पहल थालेको छ । क्लबले आफ्ना मासिक तथा वार्षिक कार्यक्रम पटेलामा मात्रै गर्ने गरेको छ । साथै पटेलालाई ग्रीन टोल बनाउन क्लबले सडक छेउमा वृक्षारोपणसमेत गरेको छ । आर्थिक तथा सामाजिक हिसाबले माथि उकास्न वृक्षारोपण थालेको लायन्स क्लब अफ धनगढी गी्रन सिटी कैलालीका अध्यक्ष भरत खड्का बताउनुहुन्छ ।
लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले पटेला स्मार्ट क्लबसँग समन्वय गरेर काम गरिरहेको छ । पटेला बासिन्दाको आर्थिक उपार्जनमा समेत क्लबले सहयोग पुर्याइरहेको छ । लायन्स क्लबले पटेलालाई लक्षित गरी नमुना गाउँ बनाउने अभियान थालेसँगै गाउँमा निकै परिवर्तन आएको पटेला स्मार्ट क्लव धनगढी– ७ कैलालीका अध्यक्ष मुकेस चौधरी बताउनुहुन्छ ।
लायन्स क्लबको अभियानमा स्थानीयले पनि साथ दिएका छन् । सबै संघसंस्था तथा क्लबहरूले शहरकेन्द्रित कार्यक्रम गरिरहेका बेला लायन्स क्लवले गाउँकेन्द्रित भएर गाउँको आर्थिक विकासमा सहयोग गरेको भन्दै स्थानीय खुुसी भएका छन् ।
लायन्स क्लब अफ धनगढी गी्रन सिटीलेझैँ हरेक संघ संस्थाले यस्ता विकासमा पछाडी परेका टोल तथा गाउँहरूलाई लक्षित गरी केही कार्यक्रम गर्ने हो भने ती ठाउँ आर्थिक र सामाजिक क्षेत्रमा अगाडी बढ्ने थिए ।
प्रतिक्रिया दिनुहोस्