१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्व सांसद रानाभाटको निधन


0
Shares

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगेको उहाँको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

रानाभाटको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभापति श्रेष्ठले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

रानाभाटको शवलाई मंगलबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि जिल्लास्थित पार्टी कार्यालयमा राखिने छ । मंगलबार नै उहाँको देवघाटमा अन्त्येष्टी गरिने श्रेष्ठले जानकारी दिनुभयो ।