
काठमाडौं । लामो समयदेखि समाधान नभएको आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले प्रक्रिया थालेको छ ।
विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रियाको सुरुवात तथा स्थायी प्राध्यापक नियुक्तिका लागि विज्ञापन खुलाएको हो ।
विश्वविद्यालय सेवा आयोगले स्थायी सेवाको लागि प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदमा आवेदन खुलाएको हो । १४ जना प्राध्यापक, २४ जना सह–प्राध्यापक र पाँच सय ५० जना उप–प्राध्यापक पदमा खुलातर्फ आवेदन माग गरिएको छ ।
वि.सं. २०७४ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको १ हजार ४ सय २० करार दरबन्दी कार्यान्वयनका लागि प्राध्यापकहरूले दबाब दिँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्