
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि(मंगलबार) अस्पताल भर्ना गरिने भएको छ ।
पेटमा समस्या देखिएपछि भारत जानुभएका भट्टराईको नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गरेर थप परीक्षण गरिने उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
नेपालका विशेषज्ञ डाक्टरहरूले उहाँमा न्यूरो–इन्डोक्राइनको ट्यूमर भएको आशंका गरेपछि त्यसको पहिचानका लागि दिल्ली जानुपरेको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो । उहाँले आफू रोग पहिचानका लागि दिल्ली आउनुपर्दा दुःख लागेको बताउनुभएको छ ।
आइतबार भारत जानुभएका पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीस्थित नेपाली दुताबासमा बस्नुभएको छ । भट्टराईको साथमा उहाँकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे भारत जानुभएको हो ।
प्रतिक्रिया दिनुहोस्