
काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । उहाँहरूबीच २० मिनेटसम्म सर्वोच्च अदालतमा भेट भएको छ ।
भेटमा सर्वोच्च अदालतको नयाँ भवन बनाउने क्रममा सेनाले प्रयोग गर्दै आएको जग्गाको विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता ब्रिगेडिएर सन्तोषबल्लभ पौडेलले पनि क्याबलरीमा सेनाले प्रयोग गरिरहेको ३७ मध्ये ९ रोपनी जग्गाको भोगाधिकार सर्वोच्च अदालतलाई हस्तान्तरण भएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा विघटनको फैसला आउनु केही दिन अघि जबरा र थापाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अहिले सर्वोच्चको भवन र सेनाको जग्गाको विषयमा भएको छलफल भनिए पनि भित्र अर्कै खिचडी पनि पाकेके हुनसक्ने जानकारहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्