२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पेप्सीकोलामा बसको ठक्करबाट वृद्धको मृत्यु


0
Shares

accident

काठमाडौं । पेप्सीकोलामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मुलपानीबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ९६६१ नम्बरको बसले बाटो काट्ने क्रममा सवा १० बजे ठक्कर दिँदा वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खोटाङ्गको दिक्तेल मझुवागढी गाउँपालिका–९ घर भएका ७४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

बसको ठक्करबाट घाइते श्रेष्ठको उपचारको क्रममा मदरल्याण्ड अस्पताल पेप्सीकोलामा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडारीले जनाको छ ।

बस सहित चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।