
काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरै रहेका छन् । उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
दरैले बालिकालाई घर नजिकैको ट्वाइलेटमा जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेलचौलारालाई उद्धृत गर्दै नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्