
फाइल तस्बिर
सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्ला दुधौली नगरपालिकामा घर भत्काउनुका साथै अन्नबाली नोक्सानी गरेका छन् । ३ वटा जंगलीहात्ती गाउँमा पसेर घरहरु भत्काएको स्थानीयले गुनासो गरेका छन् ।
हात्तीले धान, मकै र केरा मेवा, आँपलगायतका अन्नवाली र फलहरुमा क्षति पु¥याएको छ । लामो समयदेखि जिल्लाको कमलाखोच स्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सम्बन्धित निकायले दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय पीडित बन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्