१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केही दिन बन्द रहेको नाका पुनः सञ्चालन


0
Shares

काठमाडौं । केही दिनअघि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ। जनवरी २१ देखी मितेरी पुल मर्मत गर्ने भन्दै बन्द गरिएको नाका बिचमा २ दिन खुलेर पुनःबन्द भएको थियो । चिनियाँ नया वर्षको समयमा केही दिन बन्द रहेको नाका सोमबारबाट पुनः सञ्चालनमा हो ।

सोमबार फलफूल बोकेको ४ वटा चाइनिज कन्टेनरभित्रिएपछि नाका सुचारु भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

आज पनि ४ वटा ओखर सहितको कन्टेनर नेपाल प्रवेश गर्ने खत्रीले बताउनुभयो । २०७२ मा भुकम्प गएपछि बन्द भएको तातोपानी नाका पुनःसञ्चालनमा आएपनि विभिन्न बहानामा बन्द हुदै आएको छ ।

चिनियाँ पक्षले सामान आयात गर्न खुकुलो पार्ने बताएसँगै अब हरेक दिन यो नाकाबाट १५,१६ वटासम्म नेपाली कन्टेनर भित्रिन सक्नेछ । हिजो फलफूलका २ कन्टेनर भित्रिएका छन्।

यसअघि कोभिडको कारण देखाउँदै चिनियाँ पक्षले तातोपानी नाकाबाट दिनमा पाँचदेखि १८ वटासम्म कन्टेनर पास हुन दिइरहेको थियो ।