२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चुनाव चिन्ह ‘सूर्य’ ओली नेतृत्वले नै पाउँछ : उपप्रधानमन्त्री पोखरेल


0
Shares

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा भएको निर्वाचन अलोकतान्त्रि हुनै नसक्ने बताउनु भएको छ ।

चितवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोग, सुरक्षा निकायले आ–आफ्नो तयारी गरिरहेकाले वैशाखमा चुनाव हुने निश्चित भएको बताउनु भएको हो ।

उहाँले चुनाव चिन्ह ‘सूर्य’ ओली नेतृत्वले पाउने भन्दै अरुले त्यसमा दावी नगर्न आग्रह गर्नु भएको छ । उहाँले सरकार शक्ति पृथ्वीकरणको सिद्धान्तमा अडिक रहेकाले अदालतले गर्ने फैसला मान्य हुने बताउनुभयो ।