
एजेन्सी । भारतीय चिकित्सक संघ (आईएमए) ले सोमबार केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वर्धनसँग बाबा रामदेवको कम्पनीले बनाएको कोरोनाको तथाकथित औषधि कोरोनेलका बारेमा स्पष्टीकरण मागेको छ ।
आईएमएले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी डा. हर्षवर्धनलाई धेरै प्रश्नहरू गरेको छ।
आईएमएले जारी गरेको विज्ञप्तिमा केन्द्रीय स्वास्थ्यमन्त्रीलाई भारतको मेडिकल काउन्सिलको आचारसंहिता उल्घंन गरेको आरोप लगाइएको छ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘नियमले भन्छ कि कुनै पनि डाक्टरले औषधिको विज्ञापन गर्न सक्दैन, तर केन्द्रीय मन्त्री जो आफै डाक्टर छन् उनी औषधीको प्रमोशन गरिरहेको देखेर हामी दुखी छौं ।’
भारतीय चिकित्सक संघले यस कुरालाई मेडिकल काउन्सिल अफ इंडियामा लैजाने घोषणा गरेको छ।
भारतीय चिकित्सक संघ डा. हर्षवर्धन प्रति आक्रोशित हुनाको कारण भने यस्तो छ
स्वास्थ्य मंत्री डा. हर्षवर्धन गत शुक्रबार दिल्लीको कन्स्टीट्युसन क्लबमा बाबा रामदेवले आयोजना गरेको पत्रकार सम्मेलनमा भाग लिएका थिए ।
जहाँ केन्द्रीय यातायात मंत्री नितिन गडकरी पनि सहभागी थिए। बाबा रामदेवले प्रेस सम्मेलनमा भनेका थिए कि उनको संस्थाले तयार पारेका कोरोनिल सम्बन्धी अनुसन्धान पत्र धेरै अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएका छन्।
उक्त प्रेस सम्मेलनमा, दुई केंद्रीय मन्त्रीहरुले कोरोनिल साथ फोटो खिचाएका थिए ।
प्रेस सम्मेलनपछि रामदेवले बिभिन्न टिभी च्यानलहरूलाई दिएका अन्तर्वार्तामा कोरोनिललाई विश्व स्वास्थ्य संगठनले विश्वका १ सय ५४ देशहरूमा पठाउन स्वीकृति दिएको बताएका थिए । तर यो दावीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको छ।
त्यस बेलादेखि आईएमएले केन्द्रीय स्वास्थ्य मन्त्रीको उपस्थितिमाथि भएको कार्यक्रमबारे प्रश्न गरिरहेको छ।
आईएमएले केन्द्रीय स्वास्थ्यमन्त्रीले अवैधानिक औषधिको उद्घाटन गर्नु र विश्व स्वास्थ्य संगठनले तत्काल यसकाबारेमा खण्डन गर्नुले यस देशका जनताको अपमान भएको ठहर गरेको छ ।
विश्व स्वास्थ्य संगठनले रामदेवको दावीलाई अस्वीकार गरेपछि भारतीय स्वास्थ्य सेवा संघ (आईएमए) ले केन्द्रीय स्वास्थ्य मन्त्रीको निन्दा गरेको छ।
प्रतिक्रिया दिनुहोस्