२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फरुवाले हानेर श्रीमानको हत्या, बुहारी र नातिको कुटाइबाट प्रेमको मृत्यु


0
Shares

काठमाडौ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विदादका कारण हत्या भएको प्रहरीको दावी छ । वसन्तीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ ।

त्यस्तै घरायसी विवादमा कञ्चनपुरको भिमदत्त नगरपालिकामा बुहारी र नातिले कुटपिट गर्दा ७६ वर्षीय प्रेम थापाको मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।