
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता लगायत विषयमा छलफल गर्न मन्त्रीपरिषद्को बैठक केही बेरमा बस्दैछ ।
प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएअनुरुप बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरे पनि यो पटक आजका लागि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्