
काठमाडौं । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको मूल्य आज एकै दिन तोलामा ११०० रुपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सयले बढेर ९० हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ८९ हजारमा स्थीर रहेका थियो । यसैगरी हिजो तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर १३६० मा कारेवार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ११ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्