
काठमाडाैं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक रहेको बताउनुभएको छ ।
मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नभएकाले सर्वोच्चको फैसला सबैले मान्नु पर्ने स्पस्ट पार्नुभयो ।
अध्यक्ष थापाले नेपाली कांग्रेसले सत्ताका लागि अपवित्र गठबन्धन गरेर जनतको नजरबा खस्ने बताउनुभयो । ‘अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन,’ उहाँले भन्नुभयो, ‘कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्नेछ ।’
अध्यक्ष थापाले विगत१४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिनुभयो । स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताउनुभयो ।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यसको भारी बिसाउनुपर्ने अध्यक्ष थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्यव्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस् ।’
प्रतिक्रिया दिनुहोस्