१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत


0
Shares

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।

निर्वाचनको अवधिमा राजनीतिक दल, सञ्चार माध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने निर्वाचन सम्बन्धी सूचनाको अनुगमन गर्न यो नीति स्वीकृत गरिएको आयोगले जनाएको छ ।

निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत बाह्य हस्तक्षेप हुन सक्ने जोखिम भएकाले बाह्य हस्तक्षेप रोक्नका लागि नीति ल्याइएको आयोगको भनाइ छ । सामाजिक सञ्जालबाट सिर्जित अवसरको सदुपयोग गर्ने र उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्ने प्रयास स्वरुप नीति ल्याइएको आयोगले जनाएको छ ।