
नवलपुर । कावासोतिस्थित कालिका माध्यमिक विद्यालयको मुल गेट भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।
विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली मगर (करुणा)को मृत्यु भएको हो ।
बालिकाको बिहान पौने ११ बजे घटनास्थलमै मृत्यु भएको विद्यालयका प्रधानअध्यापक लेखराज पोखरेलले जानकारी दिनुभयो ।
गेटले च्यापिएर अर्का ४ कक्षाका ९ वर्षीय बालक विस्मत ढकाल घाइते भएका छन् । घाइते ढकालको अवस्था सामान्य रहेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्