१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चले सही फैसला गर्छ– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले ७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भने विश्वास व्यक्त गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै अध्यक्ष दाहालले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताउनुभयो । पौष ५ गतेदेखि आजसम्म आफूहरू नयाँ युद्ध लडिराखेको र देशव्यापी युद्ध चलिरहेको बताउनुभयो ।

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइराखेको बताउनुभयो । आफूहरूले एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको उहाँको आरोप छ ।