१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


३ हजारको परीक्षण गर्दा १ सय १० जनामा कोरोना, थप ४ जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा गरिएको पीसीआर परीक्षणमा ७१ जना पुरुष र ३९ जना महिलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार मंगलबार काठमाडौं उपत्यकामा भने ५३ जनामा संक्रमण देखिएको छ । भेटिएका संक्रमितको संख्या परीक्षणको तुलनामा ३ दशमलव ४१ प्रतिशत हो । यो सँगै देशभर २ लाख ७३ हजार ६ सय ६६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हाल सम्म देशभर २ हजार ६५ जनाको मृत्यु भएको छ । थप १ सय २ जना संक्रमण मुक्त भएका छन् ।

हाल सम्म २ लाख ७० हजार ६८ ले कोरोना संक्रमण जितेका छन् । यो संख्या परीक्षणको तुलनामा ९८ दशमलव ७ प्रतिशत हो । देशभर १ हजार ५ सय ३३ जना संक्रिय संक्रमित छन् । तिमध्ये ४६ जना आइसियू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।