१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिलाई प्रशिक्षण दिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ ।

पार्टीको स्थानीय तह समन्वय विभागले जनप्रतिनिधि र पार्टीबीचको समन्वय तथा सन्तुलन नहुँदा अविश्वासको खाडल सिर्जना भएकाले प्रशिक्षण दिने तयारी थालेको छ ।

विभाग प्रमुख अर्जुन जोशीले पार्टी र जनप्रतिनिधिबीच देखिएको खाडल चिर्न विभागले प्रशिक्षण कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

कांग्रेसले स्थानीय सरकारको अधिकारमाथि केन्द्र र प्रदेश सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाएको छ ।