१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संवैधानिक इजलासका न्यायाधीशहरुलाई ‘स्यालुट’ गर्नुपर्छ– पूर्वन्यायाधीश केसी


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसला गर्ने न्यायाधीशहरूलाई ‘स्यालुट’ गर्नुपर्ने बताउनुभएको छ ।

सर्वोचच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा पूर्वन्यायाधीश केसीले संविधान डिरेल हुने अवस्था भएकोमा बल्ल ट्र्याकमा आएको टिप्पणी गर्नुभयो । उहाँले सर्वोच्च फैसलाको स्वागत गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावर छ भनेर घमण्ड गरेको बताउँदै उहाँको घमण्ड सकिएको बताउनुभयो । आजको फैसलालो संविधानभन्दा माथि कोही छैन भन्ठान्नुपर्ने शिक्षा दिएको उहाँको भनाइ छ ।

पूर्वन्यायाधीश केसीले सर्वोच्चको फैसलाको विश्वभर तारिफ हुने बताउनुभयो ।