
फाइल तस्बिर
काठमाडौं । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसलालाई स्वभाविक भन्नुभएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा बिडारीले संविधानमा नलेखेको विषयलाई समेटेर विघटन गर्नु नै असंवैधानिक भएकाले विघटनलाई अमान्य गर्नु स्वभाविक भएको बताउनुयो ।
बिडारीले अब संविधान आफ्नो लाइनमा आएको बताउँदै सर्वोच्च अदालतको कदमको स्वागत गर्नुपर्ने बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्