२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


केपी ओलीले तत्काल राजीनामा दिनुपर्छ– रामचन्द्र पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनर्स्थापना गरेसँगै ओलीको राजनीतिक नैतिकता समाप्त भएकाले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले आफूले सत्यभन्दा माथि कोही शासक माथि हुन नसक्ने टिप्पणी गनुभएको छ ।

उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ । सर्वोच्चलाई धन्यवाद !’

https://www.facebook.com/RCPaudelNepal/posts/4066458586718875