
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधि सभा पुनस्थापना गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताउनु भएको छ ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गर्ने फैसला गरेसँगै डा. शेखरको यस्तो भनाई आएको हो । डा. कोइरालाले संसद पुनस्थापनासँगैं देश राजनीतिक स्थिरता तर्फ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
कोइरालाले अदालत कसैको दबाबमा नपर्दा आम जनसमुदायले न्यायलयप्रति गर्वको अनुभुति गर्न पाउने पनि बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । विघटन भएसँगै प्रतिनिधिसभा पुनस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको थियो ।
संवैधानिक इजलासमा लामो समयसम्म भएको बहस पछि सर्वोच्चले आज फैसला सुनाएको हो ।
प्रतिक्रिया दिनुहोस्