१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलामा पूर्वमन्त्री बाँस्कोटाको टिप्पणी– ‘के को दिपावली के को रुवाबासी ?’


0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रनिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालबाट आएको फैसलापछि भएको गतिविधिको विषयमा टिप्पणी गर्नुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयपछि देशभर भएको दीपावली र रुवाबासी भएको टिप्पणी गर्दै पूर्वमन्त्री बाँस्कोटाले राजनीति आ–आफ्नै सुरुमा चलिरहने टिप्पणी गर्नुभयोे ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन । त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि । राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो ।’

https://www.facebook.com/gokulprasadbaskota/posts/2857926771200999