२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज– गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गरेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि ट्वीट गर्दै नेता थापाले प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै अदालतले संविधानको रक्षा गरेको बताउनुभयो ।

नेता थापाले सर्वोच्च अदालतले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको टिप्प्णी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव, विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।’