२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


प्राधिकरणको तार भुमिगत गर्ने काम १० प्रतिशत मात्रै, दुई वर्षमा सम्पन्न गर्ने शाक्यको दावी


0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार भूमिगत कार्य करिब दश प्रतिशतले सम्पन्न भएको जनाएको छ । काठमाडौं उपत्यकामा ४ सय किलोमिटर क्षेत्रफलमा विजुलीको तार जमिन मुनिबाट प्रवाह गर्ने योजनाका लागि दुई वर्षको सययावधि छुट्टयाइएको थियो ।

तर, कोभिड लगायतका समस्याका कारण डेढ वर्षको अवधिमा जम्मा ७० किलोमिटर मात्र काम भएको जनाइएको छ । अबको दुई वर्षमा कार्य सम्पन्न गर्ने योजना प्राधिकरणको छ । जसमा चाबहिलको काम करिब अन्तिम चरणमा पुगेको छ भने महाराजगञ्ज र रत्नपार्कमा जारी छ । यसैगरी अन्य स्थानमा पनि छिट्टै सुरु हुने प्राधिकरणले जनाएको छ ।

क्लिन काठमाडौं अभियान अन्र्तगत सुरु गरिएको भूमिगत तार व्यवस्थापन आफैँमा राम्रो काम भए पनि व्यस्त सडकमा बारम्बार दोहन हुँदा नागरिकले सास्ती खेप्नु पर्ने बाध्यता छ । कहिले बिजुली त कहिले खानेपाली अनि ढल, लगायतका कारण बारम्बार समस्या आउने गरेको छ ।

व्यस्त सडकमा काम गर्न सडक विभागको अनुमतिको आवश्यकता पर्ने र सडक पुन यथावस्थमा फर्काउनु पर्ने हुनाले पनि काममा ढिलाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउनुहुन्छ । पुष माघ महिनामा केही तीव्रताका साथ अघि बढेको आयोजना पछिल्लो निर्धारित समयावधिभित्रै पूरा गर्ने प्राधिकरणको लक्ष्य छ ।