
काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलामाथि फिल्मकर्मी दीपकराज गिरीले टिप्पणी गर्नुभएको छ ।
उहाँले फेसबुक स्टाटसमार्फत् लेख्नुभयो, ‘यो जित कस्को ? यो हार कस्को ? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस् नत्र दल र नेताहरूले त जित्लान् । देशले हार्नेछ।’
गिरी राजनीतिक तथा सामाजिक विषयरहरूमा आफ्नो मत खुलेर राख्छन्। जसको प्रभाव उनका फिल्महरूमार्फत् उठाउने विषयमा पनि देखिन्छ।
प्रतिक्रिया दिनुहोस्