५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस


0
Shares

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ ।

पार्टीको केन्द्रीय संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस निकाल्ने जनाएको हो । जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ । उपत्यकाबाहिरका जिल्लामा पनि बिहानै देखि जुलुस निकालिने जनाइएको छ।