
काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको नयाँ जलहरी पिठिका स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्नुहुने भएको छ ।
हिजो राती बिशेष पुजा गरी पशुपतिनाथको मुल मूर्ति शिवलिंगकोे फेदमा सुनको नयाँ जलहरी राखिने काम सम्पन्न भएको छ ।
जलहरी राख्नका लागि गत फागुन ८ गते देखि नै क्षमा पूजा हुँदै आएकोमा मंगलबार बेलुका पिठिका स्थापनाका लागि विशेष पूजा भएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।
सो पूजामा भारतको कर्नाटकबाट आएका वेदका ज्ञाता पण्डितसहित कुल १ सय २१ जना पूजारी सहभागी रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपति मन्दिरमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राख्न लागिएको हो ।
१ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।
प्रतिक्रिया दिनुहोस्