२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तुरुन्त सचिवालयको बैठक बोलाउन अध्यक्षद्धय ओली र दाहाललाई वामदेवको आग्रह


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्धयलाई सचिवालयको बैठक बोलाउन आग्रह गर्नु भएको छ ।

गौतमले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाललाई तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्नु भएको हो ।

पार्टी विभाजित भएको अवस्थामा गौतम कुनै पनि पक्षमा नलागि तटस्थ रहनु भएको थियो । उहाँले पार्टी एक हुनुपर्छ भन्दै कुनै पनि समूहमा नलागेको बताउँदै आउनु भएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिन पनि सुझाव दिनु भएको छ ।

संविधान पुनस्थापना भएको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको गौतमको ठहर छ ।