
काठमाडौ । पूर्व महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री र राष्ट्रपतिले तत्कालै राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
मंगलबार संसद पुनःस्थापनाको फैसला सर्वोच्चले गरेपछि पनि बुधवारसम्म प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा नआएपछि श्रेष्ठको यस्तो भनाई आएको हो ।
इमेजसँग कुरा गदै महान्यायधिवक्ता श्रेष्ठले भन्नुभयो ‘नैतिकता भएको भए फैसला भएको १० मिनेटमै प्रधानमन्त्री र राष्ट्रपतिले राजिनामा दिनुपर्थ्यो तर आजसम्म आएन । नैतिकता नभएका मान्छे शासन सत्तामा बस्ने कुनै पनि अधिकार छैन ।’
केपी ओलीले सरकार चलाउने नैतिकता गुमासइकेको बताउदै श्रेष्ठले अदालतको फैसला मान्दिन भनेर अडान कस्नेलाई केही भन्न नसकिने बताउनुभयो । ‘उहाँले जसरी राजीनामा दिन्न संसद फेस गर्छु भनेर भन्नु भएको छ, यो नैतिकता नभएको मान्छेले बोल्ने कुरा हो’, श्रेष्ठले भन्नुभयो ।
सर्वोच्च अदालतले यो सरकारको संवैधानिकतामाथि प्रश्न उठाएको बताउदै पूर्व महान्यायधिवक्ता श्रेष्ठले महाअभियोग लगाउने विषयमा छलफल हुन सक्ने प्रतिक्रिया दिनुभयो । उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिएमा महाअभियोग पनि नलाग्ने उहाँको भनाई छ ।
नैतिकता नभएको मान्छेले शासन चलाएका कारण नै देश यो हालतमा आएको उहाँको दावी छ ।
प्रतिक्रिया दिनुहोस्