२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डा.भट्टराईको बायोप्सी रिपोर्ट आउन ४ दिन लाग्ने


0
Shares

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि भारत जानुभएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन अझै ४ दिन लाग्ने भएको छ ।

उपचारका लागि आइतबार भारत जानुभएको उहाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार भर्ना हुनु भएको हो । लामो समयदेखि पेटसम्बन्धी समस्यावाट पीडित भट्टराई चिकित्सकको सल्लाहमा नै दिल्ली जानु भएको हो । उहाँमा न्युरो (इन्डोक्राइनको ट्युमर) को शंका गरिएको छ ।

मंगलबार वायोप्सी, पेटस्क्यान र अन्य केही परीक्षण गरिएको थियो । ४ दिन पछि रिपोर्ट आए पश्चातमात्र रोगको निक्र्यौल हुने डा. भट्टराईका सचिवालय सदस्य विश्वदिप पाण्डेले जानकारी दिनुभयो । उक्त परीक्षण नेपालमा नभएका कारण चिकित्सकको सल्लाहमा नै दिल्ली लगिएको उहाँले बताउनुभयो ।