१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दाहाल–नेपाल र देउवाबीच २० मिनेट कुराकानी, सत्ता सहकार्यको प्रस्ताव


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच देउवानिवास बुढानिलकण्ठमा २० मिनेट संवाद भएको छ ।

भेटवार्ताको क्रममा प्रतिनिधिसभा पुनःस्थापनापछि हुनसक्ने सम्भावित सत्ता सहकार्यको विषयमा छलफल भएको छ । छलफलका क्रममा दाहाल–नेपाल समूहले शेरबहादुर देउवालाई सरकार बनाउन आफूहरूलाई साथ दिन आग्रह गर्नुभएको छ ।

जवाफमा देउवाले आफूहरूले पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएको देउवानिकट स्थायी समिति सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाहाल–नेपाल समूहले सत्ता सहकार्यका लागि अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस नेकपाको दुवै पक्षसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने देखिएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार जुन पक्षसँगको वार्ता बढी फलदायी हुन्छ, कांग्रेसले उसैसँथ सत्ता सहकार्य गर्नेछ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको सरकार ढल्ने अवस्थामा छ । अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएसँग ओली नेतृत्वको सरकारको अवधि अब दुई साता मात्र भएको टिप्पणी गर्न थालिएको छ ।