
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले तोकेको समयमै संसद् अधिवेशन बोलाउनुहुने भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली पक्षीय नेकपाको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले अदालतले दिएको समयसीमाभित्र संसद् अधिवेशन बोलाउने जानकारी दिनुभयो ।
ओली पक्षीय नेकपाका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञवालीले प्रधानमन्त्रीले रानीतिक दलहरुसँगको छलफल र परामर्शपछि उपयुक्त कदम चाल्ने बताउनुभयो । देशलाई लामो समय अन्योलमा राखिरहन नहुने भएकाले सल्लाह र परामर्शपछि प्रधानमन्त्रीले उपयुक्त कदम चाल्ने जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला सम्मानका साथ कार्यान्वयन गर्ने, पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्ने, देशमा विभिन्न स्थानमा राखिएका कार्यक्रमहरूलाई स्वरूप परिवर्तन गरेर निरन्तरता दिइने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्