२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पशुपतिमा जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश


0
Shares

supreme court nepal

काठमाडौं । पशुपतिनाथ मन्दिरमा १ सय ८ किलोको सुनको जलहरी राखेको केही घण्टामा सर्वोच्च अदालतले जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता नीति ढुङ्गाना र प्रदेशसभा सांसद नरोत्तम वैद्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी लगाउने कार्य नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले जलहारी राख्नुको लिखित कारण माग गर्दै सरकार र दुवै रिट निवेदकलाई फागनु १७ गते छलफलका लागि बोलाइएको छ ।

रीट निवेदक बैद्यले अन्तरीम आदेशको पत्र मूल भटट् र भण्डारीहरुलाई बुझाइसकेको बताउनुभयो ।

उहाँले सर्वोच्चको आदेश विपरित शिवलिङ्ग जलहरी राख्न सक्ने भएकाले मन्दिर भित्र रातभरी कुरेर बस्ने बताउनुभयो ।