१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेस्सीको दुई गोलले बार्सिलोनाले एल्चेलाइ हरायो


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे ।

जितसँगै तेस्रो स्थानको बार्सिलोनाले अंक तालिकाको दोसो स्थानको रियाल मड्रिडसँगको दूरी २ अंकमा सीमित गरेको छ ।

२४ खेलबाट बार्सिलोनाको ५० अंक भएको छ भने रियाल मड्रिडको ५२ अंक छ । २३ खेलबाट ५५ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा यथावत छ ।