
एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् ।
राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो ।
एटलान्टालाई उसैको मैदानमा पराजित गर्न रियाल मड्रिडका फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।
गएराति भएको दोस्रो खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पराजित ग¥यो ।
सिटीका लागि बर्नार्डो सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको म्यान्चेस्टर सिटीको यो लगातार १९ औं जित हो ।
गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगका सबै ८ खेल सकिएका छन् ।
दोस्रो लेगका खेलहरु मार्च १० तारिखदेखि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्