
काठमाडौं । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।
प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले आज पदाधिकारीको बैठक बोलाएको छ ।
दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिनुभयो ।
यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिनुभयो ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै नयाँ सरकार गठनको बहस सुरु भएको छ ।
यसमा कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्