
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताउनु भएको छ ।
अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढेकोमा भट्टराईले चिन्ता व्यक्त गर्नु भएको छ ।
भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहनु भएका भट्टराईले बिहीबार ट्विट गर्दै टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।
देशको आवश्यकता र जनताको चाहना अब दल तथा नेताहरुले पाठ सिक्नुपर्ने रहेको भन्दै जनचाहना दल तथा नेताहरुले नयॉ राष्ट्रिय सहमति गरून् भन्ने रहेको भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्