२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राँगासँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु


0
Shares

बर्दिया । बर्दियाको राजापुरमा राँगा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

ना ६२ प ८०३९ नम्बरको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका ३ का २७ बर्षीय दामोदर खनालको मृत्यु भएको हो ।

सडकमा हिडि रहेको राँगासँग बिहिबार राति राजापुर ८ भोगपुरमा एक आपसमा ठोकिक्दा घटनास्थलमै खनालको मृत्यु भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल पछाडि बसेका सुभम यादव घाइते भएको इलाका प्रहरी कार्यलय राजापुरका डिएसपी मिन बहादुर घलेले जानकारी दिनुभयो ।