
काठमाडौ । भारतबाट सस्तो गोलभेडा भित्रिएपछि नेपाली उत्पादन बारीमै कुहिन थालेको छ ।
माघ दोस्रो सातासम्म प्रति केजी २० रुपैयाँमा व्यापारीले बारीबाट उठाउँदै गरेको गोलभेडा माघको तेस्रो सातादेखि प्रति केजी १० रुपैयाँमा पनि बिक्री हुन छोडेको छ ।
भारतबाट आउने गोलभेडा नेपाली बजारमा ल्याई पु¥याउँदा ६ रुपैयाँ प्रति केजीमा आइपुग्ने गरेको पनि नेपाली बजारको गोलभेडा बिक्री हुन नसकेको किसानले गुनासो गरेका छन् ।
गोलभेडा मात्र नभइ अन्य तरकारी पनि भारतबाट सस्तो मूल्यमा आउँदासीमा क्षेत्रका किसान मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्