१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेटौंडामा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु


0
Shares

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

दुर्घटनामा हेटौंडा–११ थानाभ¥याङका ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकको ठक्करबाट घाइते भएका श्रेष्ठको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको टेम्पोलाई बिहीबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो । ठक्कर दिएपछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।