
काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्यमा भने १० रुपैयाँ बढोत्तरी आएको छ ।
बिहीबार छापावाल सुन ८९ हजार ३ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
महासंघले आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँ प्रतितोला तोकको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्